My Activities

Latest activities



भिजिट नेपाल २०२०: स्वास्थ्य क्षेत्रले गर्नसक्ने सहयोग र लिन सक्ने फाईदाहरु

वार्षिक २० लाख पर्यटक नेपाल भित्याउने उदेश्य सहित भिजिट नेपाल २०२० लाई स्वागत गर्न र भव्य रुपमा मनाउन अव केहि दिन मात्र वाकी छ । सामाजिक संजालहरु भिजिट नेपाल २०२० को तस्विरहरुले भरिभराउछ, यो भ्रमण वर्षको महाअभियानले हरेक नेपालीको मनमनमा एउटा उर्जा र उत्साह पैदा गरेको छ। 
जनस्वास्थ्य क्षेत्रको एक कृयाशिल युवा त्यै माथी प्रयटकीय गन्तब्य पोखरावासी भएको नाताले मलाई भिजिट नेपाल २०२० को यो महाअभियानमा मेरो योगदान के हुनसक्छ, यस अभियानवाट स्वास्थ्य क्षेत्रले के फाइदा लिन सक्छ र हामी स्वास्थ्यकर्मीहरुले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने वारेमा मनमा खेलेका केहि कुराहरु लेख्ने प्रयास गरेको छु ।
वर्तमान प्रर्यटनमन्त्री ज्युले केहि समय अगाडी भिजिट नेपाल २०२० को लोगोलाई आफ्नो वेवसाईट तथा सामाजिक संजालका प्रोफाईलहरुमा राखेर भिजिट नेपाल २०२० को प्रवर्धन गर्न सार्वजनिक अपिल गर्नुभो, त्यसैको नतिजा स्वरुप नेपाल सरकारका सवैजसो मन्त्रालय र व्यक्तिगत प्रोफाईलहरुमा भिजिट नेपाल २०२० को लोगो राखिएको छ । यो लेख लेख्दै गर्दाको दिनसम्म स्वास्थ्य मन्त्रालयको वेवसाईटमा भिजिट नेपाल २०२० को लोगो राखिएको थिएन ढिलो नै भएपनि डिसेम्वरको अन्तिम साता (३ दिन अघि देखी) स्वास्थ्य मन्त्रालयको वेवसाईटमा भिजिट नेपालको लोगो राखिएको छ । नेपाल सरकारका स्वास्थ्य क्षेत्रका कार्यालयका वेवसाईटहरुमा (एकादुई वाहेक) सो लोगो नदेख्दा अचम्म मात्र मानिन एक सचेत जनस्वास्थ्यकर्मिको नाताले चिन्ता पनि लाग्ने गर्छ, यो मात्र होइन यस्ता किसिमका रचनात्मक गतिविधी गर्न र परिस्थिति अनुसारका कृयाकलाप समय मै गर्न अरु निकाय भन्दा सधै स्वास्थ्य मन्त्रालय २ कदम पछाडी छ। विदेशी अनुसन्धानकर्ता तथा लगानीकर्ताहरुले चासो राख्ने र हेरिने वेवसाईटहरु मध्य एउटा स्वास्थ्य मन्त्रालय र सम्वन्धित वेवसाईटहर पनि एक प्रमुख वेवसाईट हुन। स्वास्थ्य मन्त्रालयले यो सानो कुरालाई ख्याल नगरेको पनि हुन सक्छ किनकी स्वास्थ्य मन्त्रालयले आँफै केहि रचनात्मक काम गर्नुभन्दा पनि दाता र सहयोगी निकायका कार्यक्रम तथा प्रस्तावहरुलाई कसरी संस्थागत गर्ने, दाताहरुले ल्याएका कार्यक्रमहरुलाई सहजिकरण गर्दा गर्दै फुर्सद छैन । यदपी कुनै दाताले भिजिट नेपाल २०२० मा नेपालको स्वास्थ्य क्षेत्रलाई पनि प्रवर्धन गरौ हेल्थ टुरिज्मको योजना लिएर गएको भए चाँही यो काम पक्कै पनि मन्त्रालयले सहयोग गर्थ्यो, मन्त्रालय स्वयम आँफै अग्रसर भएर यो काम पनि गर्छ जस्तो मलाई लाग्दैन, यदपी यो लेख लेख्दै गर्दा मन्त्रालयसंग मेरो अपेक्षा छ यही भिजिट नेपाल वर्ष कै अवसरमा स्वास्थ्य मन्त्रालयले हेल्थ टुरिज्मको अवधारणालाई अगाडी वढाउने छ, आवश्यक निति तथा सम्भाव्यता अध्ययनहरुको थालनी हुनेछ। 

मुलुकमा सम्वृद्दि हासिल गर्न प्रर्यटन विकासले ठुलो योगदान पुर्याउछ भन्ने कुरा विश्वव्यापी रुपमै प्रमाणित भैइसकेको छ। देशको विकास हुन धेरै कुराहरुले महत्व राक्दछन ति मध्य जनताको स्वास्थ्य पनि एक हो। जनताको राम्रो स्वास्थ्य अवस्था र स्वास्थ्य सेवा प्रणालीको विकास नभएसम्म सामाजिक र आर्थीक रुपमा उत्पादनशिल जनशक्ति उत्पादन गर्न सम्भव छैन, स्वास्थ्य विना विकास र सम्वृद्दी सम्भव छैन। त्यसैले स्वास्थ्य सम्वन्धित निकायहरुले अरु क्षेत्रसंग समन्वयन गर्न आँफै अग्रसर हुन जरुरी छ । हेल्थ इन अल पोलिसीको अवधारणालाई संस्थागत गर्न देशको प्रयटन क्षेत्रसँग पनि स्वास्थ्य मन्त्रालयले रणनितिक सहकार्य गर्न जरुरी छ ।

भिजिट नेपाल २०२० महाअभियानमा स्वास्थ्य क्षेत्रले धेरै प्रयटन भित्याउन तथा आएका प्रयटकहरुवाट स्वास्थ्य क्षेत्रको विकास गर्न सहयोग लिन सकिनेछ । भिजिट नेपाल २०२० सफल पार्न स्वास्थ्य क्षेत्र वा सम्वन्धित निकायहरुवाट निम्न कुराहरु गर्न सकिन्छ ।

  • यो महाअभियानलाई सफल पार्न स्वास्थ्य क्षेत्र तथा विज्ञवाट गर्न सकिने प्राविधिक सहयोगको योजना, तथा समन्वयन गर्नको लागि स्वास्थ्य मन्त्रालयवाट समिति वा प्राविधिक टोली गठन गर्ने, र आवश्यक समन्वयन गर्ने ।
  • नेपाल सरकारले प्राथमिकता दिएका प्रर्यटकिय गन्तव्यहरु तथा प्रर्यटनको चाप धेरै हुने ठाँउहरुमा स्वास्थ्य व्यवस्था, प्राथमिक उपचार, आधारभुत र आकस्मिक स्वास्थ्य तथा अरु गर्न सकिने कृयाकलापहरुको एकिन गरेर सम्वन्धित प्रदेश तथा पालिकाहरुलाई तयारी गर्न प्राविधिक मार्गदर्शन दिने, तथा स्थानिय पालिका तथा प्रदेशहरुले समेत आफ्नो योजना वनाउने। युनिभर्शल हेल्थ कभरेजको अवधारणा र मान्यताको हस्ताक्षरकर्ता मुलुकको नाताले जुनसुकै देशका भएपनि नागरिकहरुलाई आवश्यकता अनुसार स्वास्थ्य सेवाको व्यवस्था गर्नु हाम्रो नैतिक दायित्व हो। यदपी आफ्नै नागरिकलाई सेवा पुर्याउन कठिन भएको अवस्थामा विदेशिलाई सेवा कसरी दिन सकिन्छ भन्ने प्रतिप्रश्न भने आउन पनि सक्छ ।
  • - प्रमुख प्रयटकिय स्थल तथा पदमार्गहरुमा प्राथमिक उपचार कक्षहरु स्थापना गर्ने र प्राथमिक उपचारका लागि भोलेन्टियर खटाउने।
  • - ट्रेकिङ एजेन्सी तथा प्रयटन पेशामा आवद्द व्यक्तिहरुलाई प्राथमिक उपचार तालिम तथा सर्न सक्ने रोग तथा संक्रमण वारेमा अभिमुखिकरण गर्ने ।
  • - सकिन्छ भने हाम्रो स्वास्थ्य विमा कार्यक्रमवाट प्रयटकलाई स्वास्थ्य विमा प्याकेज वनाएर भ्रमण अवधिभर उनिहरुको बिमा गरिदिने त्यसले हामीलाई र प्रयटक दुवैलाई फाइदा हुन्छ।
  • - आकस्मिक स्वास्थ्य सेवाको नाममा प्रयटकहरु ठगिएका घटनाहरु नदोहोरिन दिनका लागी सम्वन्धित मन्त्रालय, प्रदेश तथा पालिकाहरुले ठोस योजना अनुगमन तथा व्यवस्था गर्ने ।
  • - अंतरराष्ट्रीय स्तरका ख्यातिप्राप्त स्वास्थ्य अनुसन्धानकर्ताहरुलाई यही भ्रमण वर्ष कै अवसरमा नेपाल बोलाउन विभिन्न किसिममा स्वास्थ्य सम्वन्धि अंतरराष्ट्रीय स्तरका सम्मेलन, गोष्ठी, सेमिनार आयोजना गर्ने । संघियताको नयाँ मोडेल भर्खरै मात्र सुरु गरिएको हुँदा अन्य मुलुकको अनुभव तथा सिकाईलाई वुझ्नका लागि विभिन्न मुलुकका जनस्वास्थ्य विज्ञहरु, स्वास्थ्य मन्त्रालयका प्रतीनधिहरुलाई वोलाएर कार्यक्रमहरु गर्नसके पक्कै पनि हामीलाई फाईदा हुनेछ।
  • - अरु देशका स्वास्थ्य सम्वन्धी पेशागत संस्था तथा सामाजिक संस्थाका व्यक्तित्वहरुलाई निमन्त्रणा गर्न।
  • - नेपाल आएका प्रयटकहरु आउने र जाने क्रममा एर्पोटमा स्वछिक रुपमा भर्न सकिने अनलाईन सर्भे फारामहरुको व्यवस्था गरी स्वछिक तथ्याँक संकलन गर्ने, उनिहरुको सामाजिक सेवा गर्ने मनोभावना अनुरुप स्वास्थ्यमा रुची भएकाहरु, योगदान दिने भावना भएमा प्रयटकलाई सम्पर्कमा लिने व्यवस्था गर्ने र उनिहरुको स्वास्थ्य सेवामा उनिहरुलाई स्वास्थ्य सेवा जस्तै स्वास्थ्य शिविर, तथा अन्य कृयाकलाप गर्न सहजिकरण गर्ने।
  • मेडिकल टिरिज्ममा ठुलो फड्को मारेका मुलुकहरु जस्तै सिङापुर मलेसिया तथा थाईल्याण्डका स्वास्थ्य व्यवस्थापक तथा अनुसन्धानकर्ताहरुहरुसँग सहकार्य गरी नेपालमा मेडिकल टुरिज्मको अध्ययन गर्ने ।
  • - विदेशमा हुने विभिन्न सम्मेलन सभा, तालिम तथा अन्य स्वास्थ्य सम्वन्धी कार्यक्रममा पनि आजभोली नेपाली जनस्वास्थ्यकर्मीहरुको सहभागिता राम्रो देखिन्छ त्यसैले यस्ता किसिमका कार्यक्रमहरुमा गरिने आफ्नो प्रस्तुती तथा पोस्टरहरुमा भिजिट नेपालको लोगो प्रयोग गर्ने वा आफ्नो प्रस्तुतिको अन्त्यमा नेपालको सानो जानकारी राखिदिने हो भने पनि त्यसले ठुलो प्रभाव पार्न सक्दछ।

यस अभियानलाई अवसरका रुपमा लिएर स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्न, नेपाल भ्रमण वर्ष कै अवसर पारेर अन्तराष्टृय अनुसन्धानकर्ताहरु जनस्वास्थ्यकर्मीहरु भित्याउने, नेपालका प्रयटकिय शहरहरु जस्तै पोखरालाई मेडिकल टुरिज्म सिटिको रुपमा विकास गर्न गुरु योजना निर्माण गर्न आदी जस्ता योजनाहरु वनाउन र कार्यन्वयन गर्न भिजिट नेपाल २०२० ले ठुलो भूमिका खेल्न सक्दछ ।

भिजिट नेपाल २०२० लाई अवसरका रुपमा प्रयोग गर्न हामी सवै लागि परौ । 

जय जनस्वास्थ्य !


सगुन पौडेल 
एमपिएच ग्र्याजुएट​
हाल इण्डोनेशिया
Holiday Photo-Shoot, Faculty of Medicine, Public Health and Nursing, UGM

Wishing you a Best wishes for a wonderful Holiday, Merry Christmas and a very Happy New Year 2020.

अंग्रेजी नयाँ वर्ष २०२० तथा कृश्मसको हार्दिक मंगलमय शुभकामना!🇳🇵
hashtag
hashtaghashtagh#newyear2020hashtag
1


2

3

4

5

6

7

8
9



10

11


12

Finally, journey of MPH has accomplished!

Finally, journey of MPH has accomplished. I am very grateful to my advisors, FK-KMK UGM family, lecturer, friends, family members and all well-wishers for their motivation, suggestion, encouragement, and support throughout this journey.

1


2




3

4

5

6

7

8

9

10

First Collaboration Initiative of FK-KMK UGM with Faculty of Tropical Medicine, Mahidol University Thailand in JITMM 2018



A total of 28 delegates comprising teaching staff, academic staff, and students from FK-KMK UGM attended the 22nd Joint International Tropical Medicine Meeting (JITMM) 2018 in Bangkok, Thailand. The international conference was held in Amari Watergate Hotel Bangkok from 12 to 14 December 2018. This year’s JITMM was successfully organized by the Faculty of Tropical Medicine, Mahidol University (FTM MU) Thailand, with collaborations with SEAMEO TROPMED Network, TROPMED Alumni Association, The Parasitology and Tropical Medicine Association of Thailand, Mahidol Oxford Tropical Medicine Research Unit (MORU), and the Department of Disease Control, Ministry of Public Health Thailand.

The JITMM is by far the biggest Tropical Medicine conference in South East Asia that has been held annually since 1990s to facilitate researchers, scientists, medical professionals, policy makers, as well as students in presenting their research works in international platform in order to improve community health, particularly in tropical regions. As the theme explains, ‘Innovation, Translation, and Impact in Tropical Medicine’, this year’s JITMM emphasized in the recent innovations and research translations in the field of Tropical Medicine, such as malaria, dengue, helminthiasis, and other diseases caused by bacteria, viruses, and parasites. Over 700 participants from 31 countries joined the JITMM 2018 with over 100 oral presentations and 120 poster presentations delivered by academicians, researchers, and students from various international institutions. Seventeen students from both Postgraduate Program in Tropical Medicine and Special Program in Implementation Research (WHO-TDR) FK-KMK UGM presented their research in either oral or poster presentations in this international event. One of the participating students from FK-KMK UGM, Sagun Paudel, granted the Travel Award for his research and academic excellence.

Following up the previously signed MoA in August 2018, FK-KMK UGM was given the opportunity by FTM MU to take part in the JITMM 2018 as the initial step in scientific collaborations between the two institutions. The sponsored symposium by FK-KMK UGM entitled ‘Dengue: Clinical presentation, vector situation, and the role of implementation research in control program’ drew attention from participants, as the session covered aspects of manifestations of dengue organ dysfunctions, insecticide resistance in dengue vector control, and implementation research in dengue. Chaired by dr. Elsa Herdiana Murhandarwati, M.Kes.,Ph.D, the symposium was comprehensively facilitated by four speakers: Dr. dr. Ida Safitri Laksanawati, Sp.A(K), dr. Tri Baskoro Tunggul Satoto, M.Sc., Ph.D., dr. Riris Andono Ahmad, MPH, Ph.D., and dr. Ari Natalia Probandari, MPH, Ph.D.

The participation of FK-KMK UGM in JITMM 2018 was also aimed to introduce, as well as to promote the Postgraduate Program in Tropical Medicine, Center for Tropical Medicine, and Special Program in Implementation Research (WHO-TDR) in FK-KMK UGM into the global scale through research activities conducted by staff and students. The partaking of FK-KMK UGM in JITMM 2018 has initiated and will further strengthen the academic collaborations between FK-KMK UGM and FTM MU in the near future.


ठुलावडा खाने मार्सीको भात !
९५ पुरा हुदा, ५ प्रतिशत घात ।
सम्वृद्द नेपाल सुखि नेपाली !
५ भित्रै अटाउने ठेकेदार व्यापारी ।
डा केसि उस्तै जस लिन नजान्ने !
प्रमलाई सिधै ओखती झटारो हान्ने ।
पेशागत नैतिकता उनको कस्ले गन्ने ।
हातमा आफै लिई चुरोट नखाउ भन्ने ।
वदलिने हजुर नेताको मन !
सत्ताको चस्मा धमिलोपन ।
सत्ता वाहिर वस्दा सवै दल उस्ता !
फेरिन्छ आफै रङ सत्ता भित्र पस्ता ।
सत्ता Withdrawal syndrome, प्रतिपक्ष पर्दा !
कमजोर भए पेशागत माग, राजनितिले गर्दा।
पेशागत विकासका एजेण्डा, राजनितिको शिकार!
मर्यादा भुलि राजनिति गर्ने, पेशाकर्मिलाई धिक्कार ।
शिक्षा, स्वास्थ्य रोजगारी, जनताको अधिकार!
गर्नुपर्ने राष्ट्रियकरण, देखाई दुईतिहाईको सरकार ।
शैली पुरानै विचार उई, वन्दैन नया सुधिन्न देश !
उस्तै भो सधै जनजिवन,फेरओ नेता हो आफ्नो भेष ।
वनोस हाम्रो देश !। 😁







नामको मात्रै मन्त्रालय हुनी, हे बरै नहुनी कामैको ! (व्यङ्ग्यात्मक गीत)

भा'को एउटा मन्त्रालय, काम गरेको छैन ! 
भा'को एउटा मन्त्रालय, काम गरेको छैन !!
आनन्दले काम गर्ने दिन कहिल्यै पनि भैन ।
कहिल्यै पनि भैन! 
हे बरै! 
हे बरै! 
नामको मात्रै मन्त्रालय हुनी, ए बरै नहुनी कामैको ! 
आन्दोलनमा स्वास्थ्यकर्मी, हे बरै  टुंगो छैन ठामैको !! 
हे बरै!
टुंगो छैन ठामैको !! 
पदकै लागि लड्दालड्दै फुर्सद पाको छैन ! 
पद भन्दा त सिस्टम ठुलो, गफ गरेर भैन ।
गफ गरेर भैन ।
हे बरै! 
आन्दोलनले सबै हुनी, हे बरै नहुने नीतीले 
स्वास्थ्य अब डुबाई छाड्यौ, ढुलमुले थितिले ! 
ढुलमुले थितिले ! 
झर्नुपर्ने पालिकैथ्यो, राख्यौ जिल्ला अफिस !
झर्नुपर्ने पालिकैथ्यो, राख्यौ जिल्ला अफिस !
२-३ जना पालिका पठाई, माथि बस्न खप्पिस !!
माथि बस्न खप्पिस !!
हे बरै!  
संविधानले अधिकार दिनी, हे बरै! नदिनी दरवन्दी!
हे बरै! नदिनी दरवन्दी!
संविधानको अनुसूचि, कामको तल थुप्रो पुरै!!
के गरेर पार लाउलान् खोई, दरवन्दी छ थोरै!  
दरवन्दी छ थोरै! 
संविधानले अधिकार दिनी, हे बरै! नदिनी दरवन्दी!
हे बरै! नदिनी दरवन्दी! 
अधिकृत नि दिन थाल्यो स्तरबृद्धि वैना ! 
जनशक्तिको सीप प्रयोगमा आउने कैल्यै भैन।
हे बरै!  
गुणस्तरको नारा रोज्नी हे बरै! नरोज्नी जनशक्ति!
हे बरै! नरोज्नी जनशक्ति ! 
जति नि छन् पव्लिक हेल्थ, तल किन हेर्छौ ?
देशमै छन् नि पव्लिक हेल्थ, तल किन हेर्छौ ?
नारा गुणस्तरीय, पारा पुरानै, सेवा कसरी फेर्छौ?
हे बरै! 
सेवा कसरी फेर्छौ?
भित्र भित्रै अधिकृत हुनी, हे बरै नखुल्नी लोक सेवा ! 
सेवा गर्ने युवा छन् जतिनि, हे बरै, माग गर लोकसेवा !!
कमजोर भो शैली हाम्रै, हे बरै कस्ले हो गन्दिनी! 
स्वास्थ्य भन्ने हल्का भो, हे बरै, जे नि हुन्छ भन्दिनी !
हे बरै! 
जे नि हुन्छ भन्दिनी !
पुग्नुपर्ने लक्ष्य हाम्रो दिगो विकास गर्नी!
यै ताल भए, २०३०सम्म सूचांक नै झर्नी!! 
हे बरै! 
सुचांक नै झर्नी!! 
संघियतामा एसडीजी, बलियो पार्नु पर्‍यो निति!
सवैभन्दा जोड दिउँ सुधार्न आन्तरिक वेथिती!!
हे बरै! 
हे बरै स्वास्थ्यको विग्रेको थिति,
पूरा गर्न लागौ है तोकेर २०३० को मिति !

स्वास्थ्य संरचना वारे सुझाव
स्थानिय तह वलियो नभएसम्म समग्र स्वास्थ्य क्षेत्रको विकास र जनताले पाउने सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। स्थानिय तह भित्रै गएर कसरी वलियो वनाउन सकिन्छ भनेर वहस गर्नुपर्ने वेला भएको छ । मेरा सुझावहरु निम्न रहेका छन; 
  • संवैधानिक व्यवस्था र कार्य विभाजन अनुरुप स्वास्थ्यको मोडेल तीन तह कार्यान्वयन गरिनुपर्ने । 
  • मन्त्री परिषदको मिति २०७४ वैशाख २१ गतेको निर्णय अनुरुप नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ लाई केहि परिमार्जन सहित अगाडि वढियो बह्ने स्वास्थ्य व्यवस्थापन र सेवा प्रवाहलाई थप सवल, प्रभावकारी र जनमुखी वनाउन सकिन्छ । 
  • हामी आजसम्म जिल्ला स्वास्थ्यको कन्सेप्ट वाहेक अन्य प्रणालीको कल्पना गर्न सकिरहेका छैनौ सर्वप्रथम यो ह्याङवाट टाढा रहेर सोचौ, जिल्ला भन्दा तल्लो तहमा झरेर संरचना वनाउने र हालसम्म गरिएको जिल्ला स्वास्थ्य प्राक्टिसलाई पालिका स्वास्थ्यमा समयको माग अनुसार रुपान्तरण गरेर नयाँ प्राक्टिस गरौ। 
  • हरेक गाँउपालिकाहरुमा गाँउपालिका स्वास्थ्य प्रणाली (Rural Municipality Health System), हरेक महा/उप/नगर/पालिका स्वास्थ्य प्रणालीहरु (Municipality Health System) स्थापना गरेर विगत भन्दा विकेन्द्रीकृत स्वास्थ्य प्रणाली स्थापना गर्नुपर्ने। 
  • जनतावाट विगत भन्दा पनि टाढाको दुरीमा(१/२/३ जिल्ला हेर्ने) रहेर स्थापना गरिएका स्वास्थ्य कार्यालयहरुवाट सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। हाम्रो प्राथमिकतामा ७५३ मा वलियो उपस्थिती सुनिश्चित गरौ अनि मात्र वाकी कार्यलयहरु (प्रदेश स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य ) को परिकल्पना गरौ । 
  • प्रदेश तथा स्थानिय तह भित्र स्वास्थ्य हाम्रो संरचना वलियो नहुँदा स्वास्थ्य सेवा भित्र रहेका ठूला–ठूला दरवन्दीहरु पनि निश्चित रुपमा केद्रीकृत हुन्छन् विषय विज्ञहरु केन्द्रीकृत हुन्छन, स्थानिय स्तर फेरी केन्द्र कै मुख ताक्ने खालको हुन्छ जस्ले गर्दा स्वास्थ योजना, सेवालाई Bottom up Planning मा कार्यन्वयन गर्न असहज हुन्छ, Locally evidence generate गरेर योजना वनाउन सक्दैनन। 
  • स्वास्थ्य मन्त्रालयमा केहि महत्वपुर्ण महाशाखा थप गरेर विभाग खारेज गर्दिने, विभागमा राखिएका कामहरु गर्ने अधिकार सातै प्रदेशका निर्देशनालयहरुमा दिने, प्रदेश निर्देशनालयलाई केहि ठुलो आकारको वनाउने (हालको विभागलाई आधार मानेर १ प्रदेशलाई मात्र चाहिने दरवन्दि) राख्ने, ३५ स्वास्थ्य कार्यालय खारेज गरेर सिधै पालिका स्वास्थ्य प्रणालि भनेर गठन गर्ने र कार्यालय खोल्ने, पालिका एकद्वारे सेवा प्रणाली अनुसार वनाउने हो भने पनि स्वास्थ्यको निर्णय गर्ने अधिकार सहितको विभाग/महाशाखा/शाखा राख्न्ने, पालिका भन्दा तलको सवै यथावत छ
  • प्रदेशमा १२ औ तहको नेतृत्व + १०/११ औ तहको ५-६ जनाको नेतृत्वमा महाशाखाहरु, 
  • मनपा/उप ११/१०औ तहको नेतृत्व, नगरपालिकामा १०/९ औ तह र गाउपालिका ७/८ औ तह। 
  • स्थानिय पालिकामा कम्तिमा पनि ५ जना अधिकृत स्तरको हुनैपर्ने, जनसंख्या अनुसार थप गर्ने । सकिन्छ भने पालिका अन्तर्गत रहेर पुर्ण रुपमा फिल्ड मै मात्र काम गर्ने, खाध स्वास्थ्य, सरसफाई, पोषण लगायत स्वास्थ्यका अरु Crosscutting Issues हरुमा वडा कार्यालयहरु, PHC, HP, Health Promotion Center, CHU, UHC, PHC-ORC, Immunization Clinic लाई सधै फिल्ड मै प्राविधिक सहयोग गरिरहने, फिल्ड हेल्थ इस्पेक्टरहरु पनि राखौ। 

४० वर्ष अधि भएको Alma Ata Declaration on PHC को मर्म अनुसार खोलिएका स्वास्थ्य संस्थावाट अव people-centered health services सुनिश्चित गर्न कसरी सकिन्छ भनेर हाम्रो स्वास्थ्य निति र प्रणालीलाई अपडेट गर्न पाए हाम्रो स्वास्थ्य सेवा थप प्रभावकारी जनतामुखी हुने थियो । 

धन्यवाद । 

२०७५ मंसिर ०८ शनिवार
(स्वास्थ्य संरचना वारे नेपाल जन स्वास्थ्य संघ लाई राय दिइएको )



भर्खरै पोष्ट गरिएको 


यो पनि पढ्नुहोस: 






Contact Me

Contact With Me

SAGUN PAUDEL

  • Mustangchowk, Pokhara-17, Kaski
  • +9779856036932
  • mail4sagun@gmail.com
  • https://www.sagunpaudel.com.np
  • www.publichealthupdate.com