राष्ट्रिय परिवार नियोजन दिवस सम्पन्न
पोखरा असोज २ २०७४ “व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार” भन्ने मुल नाराका साथ चौथो राष्ट्रिय परिवार नियोजन दिवस एक कार्यक्रमका बीच सम्पन्न गरियो । जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, परिवार नियोजनसंग संबन्धित विभिन्न संघ संस्थाहरु, पोखरा लेखनाथ महानगरपालिका र सरोकारवाला निकायहरुको संलग्नतामा पोखरा चिप्लेढुंगा स्थित मानव अधिकार चोकबाट शुरु भएको र्याली प.क्षे.अस्पतालको सभाहलमामा पुगी समारोहमा परिणत भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले परिवार नियोजनको बारेमा हाल भएका प्रगति र भावी योजनाका बारेमा प्रकास पार्नु भएको थियो । पोखरा लेखनाथ महानगरपालिकाका खोप अधिकृत राजु रमण न्यौपाने र परिवार नियोजन संघ कास्की शाखाका कोषाध्यक्ष रजनी के.सी.ले परिवार नियोजन कार्यक्रमलाई अझ प्रभावकारी ढंगले संचालन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा समुदाय स्तरमा रही स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत ११ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई नगद रु. १००००। र प्रसशा पत्र सहित सम्मान गरिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख बोधराज सुवेदीको अध्यक्षता र जनस्वास्थ्य अधिकृत नानीबाबु ढकालको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत शाखा अधिकृत कृष्ण प्रसाद बरालले गर्नु भएको थियो । परिवार नियोजन सेवा दिवस कै अवसरमा पोखरा स्थित मेघा कार्डियक सेन्टर, लेकसिटी अस्पताल, नमस्ते अस्पताल र ओम अस्पतालमा एक्क्ष्, जन्त्र र जनस्वास्थ्य कार्यालयको संयुक्त प्रयासमा लामो अवधिको परिवार नियोजनको साधन क्ष्ग्ऋम् र सुरक्षित गर्भपतन सेवाको शुभारम्भ गरिएको जनस्वास्थ्य कार्यालय हेल्थ फर लाईफका कार्यक्रम अधिकृत सगुन पौडेलले वताए ।
[caption id="attachment_754" align="alignnone" width="1024"]
चौथो राष्ट्रिय परिवार नियोजन दिवस - २०७४[/caption]

[caption id="attachment_771" align="alignnone" width="4160"]
Hisilicon Balong[/caption]
[caption id="attachment_769" align="alignnone" width="4160"]
पोखरामा भव्य रुपमा मनाईयो चौथो राष्ट्रिय परिवार नियोजन दिवस[/caption]
”व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार” (राष्ट्रिय परिवार नियोजन दिवस: 18TH SEP 2017)
व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार (राष्ट्रिय परिवार नियोजन दिवस: 18TH SEP 2015) थप पढ्नुहोस- परिवार नियोजन कार्यक्रम नेपाल
- परिवार नियोजन २०२० मा नेपालले गरेका प्रतिवद्दताहरु
- परिवार नियोजन सम्वन्धी तथ्यहरु २०११
- परिवार नियोजन सम्वन्धी तथ्यहरु २०१५
- परिवार नियोजन सम्वन्धी तथ्यहरु २०१६
- परिवार नियोजन कस्टेड इम्लिमेण्टेशन प्लान २०१६ -२०२०
- परिवार नियोजन दिवस २०१४ का गतिविधीहरु (पोखरा)
- परिवार नियोजन दिवस २०१५ का गतिविधीहरु (पोखरा)
- परिवार नियोजन दिवस २०१६ का गतिविधीहरु (पोखरा)
- परिवार नियोजन २०२० मा नेपालले गरेका प्रतिवद्दताहरु (2017)
- परिवार नियोजन कार्यक्रमका अवसर तथा चुनौतीहरु