वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?

वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?

 वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?

नेपाल सरकारले विगत २४ वर्ष देखि निरन्तर रुपमा ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई निशुल्क रुपमा भिटामिन ए क्याप्सुल खुवाउदै आइरहेको छ ।   सन् १९९३ वाट देशै भरि सुरु गरिएको यो कार्यक्रममा स्थानीय समुदायमा रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आफ्ना टोल, वडा वरपर रहेका वालवालिकाहरुलाई भिटामिन ए क्यासुल खुवाउदै आईरहेका छन्  । त्यस्तै गरि १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई सन् २००४ देखि देशभर नै भिटामिन ए क्याप्सुल संगसंगै जुकाको औषधि वितरण गर्ने कार्यक्रम संचालन हुदै आएको छ l रास्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको एउटा विश्वव्यापी रुप मै सफल कार्यक्रमको रुपमा स्थापित भईसकेको कार्यक्रम हो ।


वाल मिर्त्युदर घटाई वाल स्वास्थ्यमा उलेखनीय सुधार ल्याउने प्रमुख उदेश्यले सुरु गरिएको यो अभियान वर्षमा दुई पटक चल्ने गर्दछ  । विशेष परिस्थिति वाहेक हरेक वर्षको वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते नियमित कार्यक्रमको रुपमा चल्ने यो अभियान यस वर्ष भने कार्तिक १४ र १५ गते* देशभरका सबै महा/उप/नगरपालिका र गाँउपालिकाका वडाहरुमा तोकिएका केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुले औषधि खुवाउदै छन । विभिन्न खोज तथा अनुशन्धानहरुले देखाएको नतिजा अनुरुप नै नेपालमा भिटामिन ए वितरण सुरु गरिएको पाइन्छ । नेपाल मै भएको एक अनुशन्धानले देखाएको नतिजा अनुसार ४ देखि ६ महिनाका वच्चाहरुलाई आवश्यक मात्रामा भिटामिन ए खुवाउने हो भने करिव ३० प्रतिशत वाल मिर्त्युदर घटाउन सकिने कुरा किथ एट अलले ल्यान्सेटमा सन् १९९१ मा प्रकाशन गरेको एक अनुशन्धानमुलक लेखमा उल्लेख गरिएको छ ।


सामान्यतया हामीले दैनिक खाईने खानाहरु माछा, मासु, दूध, अण्डा, हरिया सागपात , पँहेला फलफुल आदीवाट पाईने भिटामिन ए हाम्रो आँखाको देख्ने शक्ति राम्रो वनाउन, पूर्ण रुपमा शारीरिक र मानसिक स्वास्थ्य तथा विभिन्न संक्रामणहरूबाट जोगाउनका लागि नभई नहुने एक प्रकारको तत्व हो। विश्व स्वास्थ्य संगठनका अनुसार हाम्रो जस्तो मुलुक जहाँ भिटामिन ए कै कमीले हुने रतन्धो जहाँ जनस्वास्थ्य समस्याको रुपमा रहेको छ त्यस्तो ठाउँहरुमा ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई थप भिटामिन ए क्याप्सुल वितरण गर्नुपर्ने हुन्छ  ।  शरीरमा हुन सक्ने रोगहरुसंग लड्ने क्षमता विकास गर्न, छालालाई स्वस्थ बनाउँन, रतन्धो तथा पूर्ण रुपमा अन्धो हुनबाट बचाउँनका लागि भिटामिन ए ले प्रमुख रुपमा काम गर्ने हुदा यो अभियानमा आफ्ना ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई भिटामिन ए खुवाउन जरुरि छ  ।  उमेर समुह अनुसार हेर्ने हो भने विभिन्न सक्रमणहरुले सताउन सक्ने उमेर समेत यहि उमेर भएको हुदा, भिटामिन ए खुवाउनाले बालबालिकाहरूमा हुन सक्ने झाडापखाला, दादुरा र कुपोषणजस्ता समस्याहरूबाट समेत जोगाउने गर्दछ  ।  शारीरिक विकास तथा मानसिक विकास पनि सवैभन्दा धेरै विकास हुने सानै उमेरमा हो l वालवालिकाहरुलाई थप स्याहार तथा पोषण युक्त खाने कुराहरु यहि उमेरमा खुवाउनुपर्ने हुन्छ  ।  साथै भिटामिन ए खुवाएमा आइरन क्याल्सियम आदि जस्ता तत्वहरु समेत सोसेर राख्ने शरीरको क्षमातालाई थप विकास गर्दछ  ।  रास्ट्रिय रुपमा चल्ने भिटामिन ए वितरण कार्यक्रम वाहेक पनि राती आँखा नदेख्ने रोग रतन्धो, दादुरा, अति कुपोषित तथा चौध दिनभन्दा बढी समयसम्म झाडापखाला लागेका बालबालिकाहरूलाई थप भिटामिन ए खुवाउनुपर्ने हुन सक्दछ तसर्थ यस्ता समस्याहरु देखिएको खण्डमा तुरुन्तै नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुपर्दछ  । 

यो अभियानमा भिटामिन ए को वितरण संगसंगै खुवाइने अर्को औषधि हो अल्वेन्डाजोल यसलाई जुकाको औषधि भनेर चिनिन्छ l हाम्रो शरीरको आन्द्रामा रगत र खाना चुसेर बाँच्ने परजीवी हो जुका । चुर्ना, गोलो, नाम्ले जूका आदि जस्ता जूकाहरु हाम्रो शरीर हुर्के भने हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्दछन् । जूकाले जुन सुकै उमेर समुहका मानिसहरुमा असर गर्न सक्ने भएता पनि ५ वर्ष भन्दा कम उमेर समुहका वालवालिकाहरुमा असर गर्न सक्ने जोखिम वढी हुन्छ l जूकाले शरीरका मा भएका पोषक तत्वहरू र रगत चुसेर खाने हुनाले वालवच्चाहरुमा कुपोषण हुने जोखिम वढ्दछ । नेपाल स्वास्थ्य तथा जनसंख्यिक सर्भे २०१६ को तथ्यांक अनुसार नेपालमा २७ प्रतिशत उमेर अनुसार कम तौल भएका, ३६ प्रतिशत उमेर अनुसार कम उचाई भएका तथा १० प्रतिशतमा उचाई अनुसार तौल कम वालवालिका छन्  ।  विशेषत रक्तअल्पता हुने, बालबालिकाको शारीरिक वृद्धिमा असर गर्ने, सक्रमण विरुद्ध लड्ने क्षमता घटाउने, बौद्धिक विकासमा वाधा, बालबालिकाको स्मरण शक्ति घट्ने आदि हुने गर्दछन। नेपाल स्वास्थ्य तथा जनसंख्यिक सर्भे २०१६ को तथ्यांक हेर्ने हो भने करिव ५३ प्रतिशत वालवालिकाहरुमा रक्तअल्पता देखिएको छ । यिनै समस्याहरुलाई रोकथाम गर्न १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई हरेक ६ महिनाको फरकमा जुकाको औषधि खुवाउनु पर्दछ l औषधी खानु मात्र जूका वाट वच्ने उपाय नभएको हुदा दीर्घकालिन रुपमा नै जूकाको जोखिमवाट टाढा रहनको लागि सबैभन्दा राम्रो उपाय व्यक्तिगत र वातावरणीय सरसफाई गर्नु हो, त्यसकारण बालवालिकाहरुको व्यक्तिगत सरसफाईमा समेत ध्यान दिनुपर्दछ  । 


कास्की जिल्लामा यो अभियानमा करिव ४१५ वटा केन्द्रहरु मार्फत १०६९ महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आफ्ना टोल, वस्ती वडाहरुमा करिव ५१,४८२ जना ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिनाका करिव ४५४३० जना वालवालिकाहरुलाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको साथै यो अभियानलाई थप सफल पार्न महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्राविधिक सहजीकरण, सहयोगात्मक सुपरिवेक्षण तथा अनुगमन गर्न करिव ३०० जना स्थानीयस्तरवाट स्वास्थ्यकर्मीहरु खट्ने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ  ।  त्यस्तै पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी तथा रुपा गाउपालिकाका स्वास्थ्य सयोजकहरुको भनाई अनुसार कास्की जिल्ला भित्र रहेका सम्पूर्ण स्वास्थ्य सस्थाहरुमा औषधि लगायत सम्पूर्ण व्यवस्थापन गरिएको छ  । 

यहि मिति २०७५ कार्तिक १४ र १५ गते यस वर्ष पनि ६-५९ महिना सम्मका वालवलिकाहरुलाई भिटामिन ए, १२-५९ महिनाका वालवलिकाहरुलाई जुकाको औषधी खुवाउने तथा वालभिटा कार्यक्रम लागु भएका जिल्लाहरुमा ६- २३ महिना सम्मका वालवलिकाहरुलाई वालभिटा खुवाउने कार्यक्रम भएको हुँदा आफ्ना वालवलिकाहरुलाई नजिकको केन्द्रमा तोकिए अनुसार भिटामिन ए, जुकाको औषधी र वालभिटा खुवाऔ। थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयम सेविकाहरु सँग सम्पर्क राख्नु होला।

तसर्थ नेपाल सरकारले करोडौ लगानी गरेर नेपाली जनताका लागि गरेको निशुल्क भिटामिन ए तथा जुकाको औषधि आफ्ना वालवालिकाहरुलाई खुवाई वालवालिकाहरुको शारीरिक, मानसिक तथा सामाजिक विकास गर्दै एक स्वास्थ्य नागरिक वनाउनु हामी सवैको जिम्मेवारी हो  ।  त्यसैले यहि मिति २०७५ कार्तिक १४ र १५ गते यस वर्ष पनि ६-५९ महिना सम्मका वालवलिकाहरुलाई भिटामिन ए, १२-५९ महिनाका वालवलिकाहरुलाई जुकाको औषधी खुवाउने तथा वालभिटा कार्यक्रम लागु भएका जिल्लाहरुमा ६- २३ महिना सम्मका वालवलिकाहरुलाई वालभिटा खुवाउने कार्यक्रम भएको हुँदा आफ्ना वालवलिकाहरुलाई नजिकको केन्द्रमा तोकिए अनुसार भिटामिन ए, जुकाको औषधी र वालभिटा खुवाऔ। थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयम सेविकाहरु सँग सम्पर्क राख्नु होला।
६ देखि ५९ महिनाका वालवालिकाहरुलाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई जुकाको औषधि खुवाउने यो राष्ट्रिय कार्यक्रममा आफ्नो तर्फवाट सहयोग गरि एउटा समुन्नत स्वास्थ्य रास्ट्र वनाउन हामी सवै लागि परौ l जय जनस्वास्थ्य  ।
*revised






(सार्वजनिक हितका लागि जारी)
 आदर्श समाज रास्ट्रिय दैनिक पत्रिका मा प्रकाशित 



सगुन पौडेल 
(जनस्वास्थ्यकर्मी) 
मोवाइल: ९८५६०३६९३२
इमेल: mail4sagun@gmail.com