६५ औ विश्व कुष्ठरोग दिवस

६५ औ विश्व कुष्ठरोग दिवस

६५ औं विश्व कुष्ठरोग दिवस

“कुष्ठरोग मुक्त समाज निर्माण वालवालिकाहरुमा शुन्य अपाङ्गता हाम्रो अभियान'' भन्ने नाराको साथ यस वर्षको ६५ औं विश्व कुष्ठरोग दिवस वालवालिका तथा समुदायमा केन्द्रीत गरि मनाइएको थियो । कुष्ठरोगवाट वालवालिकाहरु लाई अपांगता हुनवाट पहिलेनै सचेत गराउनु जरुरी हुन्छ र यसको लागि वर्ष भरि नै वालवालिका केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
नेपाल कुष्ठरोग निवारण संघ पोखराशाखाले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहकार्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि सप्ताहव्यापी रुपमा विश्व कुष्ठरोग दिवस मनाएको छ । पोखराको बजारका प्रमुख स्थानहरुमा सचेतनामूलक व्यानर प्रदर्शन, एवं १००० प्रति लिफलेट वितरण सम्पन्न भयो ।
२०७४ माघ १४ गते पोखरामा जनचेतनामूलक लिफलेट वितरण कार्यक्रमको शुभारम्भ अमरसिंचोकमा जिल्ला जनस्वास्थय कार्यालय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईवाट श्री सिद्ध मा.वि.का विद्यार्थी श्री लाइ लिफलेट हस्तान्तरण गरि गर्नु भयो । साथै नेपाल कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष नारायण शर्माले धर्मस्थली नि.मा.वि.का विद्यार्थीलाइ हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो ।

पोखरा आरोग्य आश्रम टुटुंगामा रहेका १४ जना कुष्ठप्रभावित परिवार तथा लामोतरा लेखनाथमा पूनस्र्थापित १३ परिवारलाइ जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा फलफुल वितरण गरियो । उक्त अवसरमा जनस्वास्थ्य प्रमुख दिनेश कुमार चापागाइले कुष्ठप्रभावित परिवारहरुलाइ संघवाट गरिएको सहयोगको प्रशंशा गर्नुहुँदै प्रभावित परिवारहरुलाइ आत्मियताको खाँचो पूरा गर्न सवैवाट सहयोग हुनुपर्ने वताउनु भयो । शाखाका अध्यक्ष नारायण शर्माले शाखाले कुष्ठरोगको क्षेत्रमा विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको र यस्मा सम्वन्धित निकायहरुवाट पनि सहयोगको खाँचोरहेको छ भन्नु भयो । कार्यक्रममा जनस्वाथय कार्यालय कास्कीका क्षय कुष्ठ निरिक्षक वसन्तनाथ भटृराइ, विष्णु प्रसाद सुवेदी तथा संघका केन्द्रीय सदस्य कृष्णकुमार राजभण्डारीले बोल्नु भएको थियो ।