छैठौ राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७४

छैठौ राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७४

पोखरामा प्रभातभेरी र्याली र अन्तर्कृया गरेर मनाईयो छैठौ स्वास्थ्य सेवा दिवस 

पोखरा – "राज्यको सबै तहमा स्वास्थ्य सेवाको पूर्वाधार गुणस्तरिय र जनमुखी स्वास्थ्य सेवा सम्वृध्दी एवं दिगो विकास को आधार" भन्ने मुल नारा सहित राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७४ पोखरामा भब्य रुपमा मनाईएको छ । स्वास्थ्य सेवा दिवसको अवसर पारेर पश्चिमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको आयोजनामा मानव अधिकार चोक देखि पृथ्वीचोक सम्म बाजासहित प्रभातफेरी आयोजना गरिएको थियो । 
उक्त प्रभातफेरीमा जनचेतनामुलक प्ले कार्डसहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु , स्वास्थ्यका विद्यार्थीहरु तथा अन्य सरोकारवाला निकायका प्रतीनिधीहरुको उपस्थिती थियो ।
क्षेत्रीय स्वास्थ्य निर्देशक डा विनोद गिरीको अध्यक्षतामा सम्पन्न र्याली समापन सत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेश कुमार चापागाई, स्वास्थ्य मन्त्रालयवाट डा झलक गौतमले आफ्नो मन्तव्य राखेका थिए।

















यसै विच प्रदेश नं ४ का मुख्य मन्त्रीको प्रमुख आतिथ्यतामा अन्तर्कृया तथा प्रदेश नं ४ का उत्कृस्ट जिल्लाहरुलाई सम्मान गरिएको छ । आ ब २०७३७४ मा सन्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रगती मुल्यान्कनको आधारमा प्रथम दोश्रो र तेस्रो क्रमश: कास्की, गोरखा र म्याग्दीलाई प्रशम्सापत्र प्रदान गरिएको थियो।








कार्यक्रममा स्वास्थ्यको वर्तमान अवस्था र प्रगतिवारे स्वास्थ्य मन्त्रालयका उपस्वास्थ्य प्रशासक डा झलक शर्मा गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश नं ४ को स्वास्थ्य अवस्थाको वारेमा क्षेत्रीय स्वास्थ्य निर्देशक डा विनोद गिरीले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका डा सुशिल प्याकुरेलले आफ्नो मन्तव्य राखेका थिए ।




प्रमुख अतिथी तथा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई समृद्ध वनाउन स्वास्थ्य मै धेरै कम गर्नुपर्ने भएको वताए । स्वास्थ्य आफ्नो प्राथमिकताको विषय भएको तर सवै विषयवस्तुहरु आँफुलाई थाहा नभईसकेको हुँदा स्वास्थ्यकर्मिहरुवाट स्पस्ट रुपमा के गर्ने कसरी प्रदेशलाई स्वास्थ्यमा सुधार गर्ने भन्ने वारेमा धारणा वनाएर सहयोग गर्न आग्रह गरे ।
कार्यक्रम संचालन जिल्ला जन स्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन अधिकृत सन्तोष पौडेलले गरेका थिए । क्षेत्रीय स्वास्थ्य निर्देशक डा विनोद गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।










































































































































































































6th Health Service day 2074, Pokhara 
(Photo gallery)

Photo credit : Hogarth Bhurtel & Kiran Adhikari