प्रदेशस्तरीय स्वास्थ्य सेवा व्यवस्थापन अवैज्ञानिक भन्दै पोखरामा ज्ञापन पत्र

प्रदेशस्तरीय स्वास्थ्य सेवा व्यवस्थापन अवैज्ञानिक भन्दै पोखरामा ज्ञापन पत्र

संघीयत संरचना अनुसार स्वास्थ्य सेवाका कर्मचारी खटाउने काम अवैज्ञानिक रहेको भन्दै ज्ञापन पत्र बुझाइएको छ । पोखरा क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीका विभिन्न ११ संगठनहरुले सामूहिक रुपमा प्रदेश ४ को मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । 


‘७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवाबाट ९\१० तहका अधिकृत कर्मचारीले स्वास्थ्य महाशाखाको नेतृत्व गर्ने गरी स्वास्थ्य सेवा अन्तर्गत जम्मा १० जना कर्मचारीको दरबन्दी पारित गरिएको छ । जुन नेपालको संविधानले प्रदेशलाई दिएको अधिकार अनुसार अपर्याप्त र अवैज्ञानिक भएको ठहर गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य सेवा अति विशिष्ट, अति संवेदनशील र प्राविधक विषय भएको र निजामति कर्मचारीको आधा हिस्सा ओगट्ने भएकाले संविधान प्रदत्त अधिकारी सुनिश्चित गर्न प्रदेशमा सचिव स्वास्थ्य सेवाको हुनुपर्ने बताइएको छ ।

स्वास्थ्य सेवा सहज रुपमा सञ्चालनका लागि संघीय संरचनामा प्रादेशिक स्वस्थ्य मन्त्रालय राखी सम्पूर्ण कर्मचारी स्वास्थ्य सेवाका रहने व्यवस्था गरिदिन अनुरोध गरिएको छ । 

नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, स्वास्थ्य प्रवद्र्ध तथा शिक्षा संघ नेपा नेपाल राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ, हेल्थ असिस्६नेन्ट संघ नेपाल, जनस्वास्थ्य युवा समाज नोल, नेपाल स्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संघले नेपालले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

२०७४ माघ २१