कारागार स्वास्थ्य अवलोकन भ्रमण

कारागार स्वास्थ्य अवलोकन भ्रमण

२०७५ मंसिर ०६ शुक्रवार 
आज इण्डोनेशियाको जेल पुगियो तर कैदीवन्दी हुन नभई यहाँको स्वास्थ्य अवस्थावारे जानकारी लिन! 
जेलको स्वास्थ्य प्रति मेरो निकै चासो छ किनकी ७-८ वर्ष पहिला एचआईभि तथा यौनरोग सम्वन्धी परामर्शदाता भएर कास्की र तनहुँको कारागारमा काम गरेको हुँदा कारागार भित्रको स्वास्थ्य सम्वन्धी परिस्थिति वुझेको छु । 
३९३ जना कैदिवन्दी राख्न सक्ने क्षमता भएको यहाँको कारागारमा निम्न प्रकारको स्वास्थ्य सुविधा थियो ।
स्वास्थ्यकर्मी:

 MDGP -1 

 Dentist- 1
 Pharmacist -1
 Nurse-8 

स्वास्थ्य सुविधा: 

 स्वास्थ्य सेवा दिन भित्रै छुट्टै भवन 
 OPD
 Dental services
 Pharmacy 
 HIV Testing & counseling services
 Emergency Services 
 Nursing Services 
 Medical Ward 
 TB treatment service, special room for TB infected patients
 Health counseling services 
 Referral services network & Ambulance


अव हाम्रो कारागारको कुरा गरौ, ७-८ वर्ष पहिलाको मेरो अनुभवमा हेर्दा कारागारमा १ जना हेल्थ असिस्टेण्टको दरवन्दी थियो, कारागारमा खटिएको हेल्थ असिस्टेण्टलाई जिल्लाका कुनै पनि स्वास्थ्य सम्वन्धित अपडेट, स्वास्थ्य सेवाको वारेमा स्पष्ट थाहा हुँदैन्थ्यो किनकी जिल्ला स्वास्थ्य कार्यालयले तालिम गोष्ठी आदीमा वोलाउन सधै विर्सिन्थ्यो। आफ्नो निजी पहलमा औषधी तथा तालिम गोष्ठीमा भाग लिएर सेवा सुविधा प्रदान गर्ने वाहेक त्यतीवेला जिल्ला स्वास्थ्यको र कारागार विच संस्थागत समन्वयन थिएन।
हाम्रा पुराना स्वास्थ्य नितिहरुले कारागार स्वास्थ्यको वारेमा स्पष्टसँग के गर्ने, कसरी सेवा पुर्याउने भन्ने खुलाएका थिएनन । हाल वन्दै गरेको हाम्रो स्वास्थ्य नितिले पक्कै पनि कारागार स्वास्थ्यलाई कसरी व्यवस्थापन गर्ने वा कस्ता सेवा सुविधा कैदिवन्दीहरुको पहुँचमा पुर्याउने, उनिहरु छुट्टै जोखिममा रहेको हुँदा कसरी व्यवस्थापन गर्ने, कति स्वास्थ्यकर्मी चाहिने हो भन्ने वारे स्पष्ट कुरा समेटेको छ होला । यदी कारागार स्वास्थ्यको कुरा नसमेटिएको, छुटेको छ भने सम्वन्धित सरोकारवालाहरुको ध्यान जाओस भन्न चाहन्छु।