नामको मात्रै मन्त्रालय हुनी, हे बरै नहुनी कामैको ! (व्यङ्ग्यात्मक गीत)

नामको मात्रै मन्त्रालय हुनी, हे बरै नहुनी कामैको ! (व्यङ्ग्यात्मक गीत)

नामको मात्रै मन्त्रालय हुनी, हे बरै नहुनी कामैको ! (व्यङ्ग्यात्मक गीत)

भा'को एउटा मन्त्रालय, काम गरेको छैन ! 
भा'को एउटा मन्त्रालय, काम गरेको छैन !!
आनन्दले काम गर्ने दिन कहिल्यै पनि भैन ।
कहिल्यै पनि भैन! 
हे बरै! 
हे बरै! 
नामको मात्रै मन्त्रालय हुनी, ए बरै नहुनी कामैको ! 
आन्दोलनमा स्वास्थ्यकर्मी, हे बरै  टुंगो छैन ठामैको !! 
हे बरै!
टुंगो छैन ठामैको !! 
पदकै लागि लड्दालड्दै फुर्सद पाको छैन ! 
पद भन्दा त सिस्टम ठुलो, गफ गरेर भैन ।
गफ गरेर भैन ।
हे बरै! 
आन्दोलनले सबै हुनी, हे बरै नहुने नीतीले 
स्वास्थ्य अब डुबाई छाड्यौ, ढुलमुले थितिले ! 
ढुलमुले थितिले ! 
झर्नुपर्ने पालिकैथ्यो, राख्यौ जिल्ला अफिस !
झर्नुपर्ने पालिकैथ्यो, राख्यौ जिल्ला अफिस !
२-३ जना पालिका पठाई, माथि बस्न खप्पिस !!
माथि बस्न खप्पिस !!
हे बरै!  
संविधानले अधिकार दिनी, हे बरै! नदिनी दरवन्दी!
हे बरै! नदिनी दरवन्दी!
संविधानको अनुसूचि, कामको तल थुप्रो पुरै!!
के गरेर पार लाउलान् खोई, दरवन्दी छ थोरै!  
दरवन्दी छ थोरै! 
संविधानले अधिकार दिनी, हे बरै! नदिनी दरवन्दी!
हे बरै! नदिनी दरवन्दी! 
अधिकृत नि दिन थाल्यो स्तरबृद्धि वैना ! 
जनशक्तिको सीप प्रयोगमा आउने कैल्यै भैन।
हे बरै!  
गुणस्तरको नारा रोज्नी हे बरै! नरोज्नी जनशक्ति!
हे बरै! नरोज्नी जनशक्ति ! 
जति नि छन् पव्लिक हेल्थ, तल किन हेर्छौ ?
देशमै छन् नि पव्लिक हेल्थ, तल किन हेर्छौ ?
नारा गुणस्तरीय, पारा पुरानै, सेवा कसरी फेर्छौ?
हे बरै! 
सेवा कसरी फेर्छौ?
भित्र भित्रै अधिकृत हुनी, हे बरै नखुल्नी लोक सेवा ! 
सेवा गर्ने युवा छन् जतिनि, हे बरै, माग गर लोकसेवा !!
कमजोर भो शैली हाम्रै, हे बरै कस्ले हो गन्दिनी! 
स्वास्थ्य भन्ने हल्का भो, हे बरै, जे नि हुन्छ भन्दिनी !
हे बरै! 
जे नि हुन्छ भन्दिनी !
पुग्नुपर्ने लक्ष्य हाम्रो दिगो विकास गर्नी!
यै ताल भए, २०३०सम्म सूचांक नै झर्नी!! 
हे बरै! 
सुचांक नै झर्नी!! 
संघियतामा एसडीजी, बलियो पार्नु पर्‍यो निति!
सवैभन्दा जोड दिउँ सुधार्न आन्तरिक वेथिती!!
हे बरै! 
हे बरै स्वास्थ्यको विग्रेको थिति,
पूरा गर्न लागौ है तोकेर २०३० को मिति !