शिक्षा स्वास्थ्य रोजगारी, जनताको अधिकार!  गर्नुपर्ने राष्ट्रियकरण, देखाई दुईतिहाईको सरकार ।

शिक्षा स्वास्थ्य रोजगारी, जनताको अधिकार! गर्नुपर्ने राष्ट्रियकरण, देखाई दुईतिहाईको सरकार ।

ठुलावडा खाने मार्सीको भात !
९५ पुरा हुदा, ५ प्रतिशत घात ।
सम्वृद्द नेपाल सुखि नेपाली !
५ भित्रै अटाउने ठेकेदार व्यापारी ।
डा केसि उस्तै जस लिन नजान्ने !
प्रमलाई सिधै ओखती झटारो हान्ने ।
पेशागत नैतिकता उनको कस्ले गन्ने ।
हातमा आफै लिई चुरोट नखाउ भन्ने ।
वदलिने हजुर नेताको मन !
सत्ताको चस्मा धमिलोपन ।
सत्ता वाहिर वस्दा सवै दल उस्ता !
फेरिन्छ आफै रङ सत्ता भित्र पस्ता ।
सत्ता Withdrawal syndrome, प्रतिपक्ष पर्दा !
कमजोर भए पेशागत माग, राजनितिले गर्दा।
पेशागत विकासका एजेण्डा, राजनितिको शिकार!
मर्यादा भुलि राजनिति गर्ने, पेशाकर्मिलाई धिक्कार ।
शिक्षा, स्वास्थ्य रोजगारी, जनताको अधिकार!
गर्नुपर्ने राष्ट्रियकरण, देखाई दुईतिहाईको सरकार ।
शैली पुरानै विचार उई, वन्दैन नया सुधिन्न देश !
उस्तै भो सधै जनजिवन,फेरओ नेता हो आफ्नो भेष ।
वनोस हाम्रो देश !। 😁