नेपाल जनस्वास्थ्य संघ (नेफा) गण्डकीको साधारण सभा

नेपाल जनस्वास्थ्य संघ (नेफा) गण्डकीको साधारण सभा

नेपाल जनस्वास्थ्य संघ (नेफा) गण्डकीको साधारण सभा

मिति २०७६।११।०३ गते शनिबारको दिन नेपाल पब्लिक हेल्थ एसोसिएसन (नेफा) गण्डकी प्रदेशको प्रथम बार्षीक साधारण सभा सम्पन्न भएको छ । गत बर्ष पौष २१ गतेका दिन निर्बाचनबाट गठित नेपाल जनस्वास्थ्य संघ (पब्लिक हेल्थ एसोसिएसन) जनस्वास्थ्यकर्मीहरुको पेशागत संगठन हो । प्रदेश स्वास्थ्य तालीम केन्द्रका निर्देशक तथा नेफा गण्डकी प्रदेशका सल्लाहाकार सदस्य श्री खिम ब खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेफा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पौडेलले गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब नारायण सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा पोखरा महानगरपालीका स्वास्थ्य महाशाखाका प्रमुख तथा नेफा गण्डकी प्रदेशका सल्लाहाकार श्री हेमन्त शर्मा पौडेल, पोखरा बिश्ब बिद्यालयको जनस्वास्थ्य बिभागमा कार्यरत जनस्वास्थ्य बिषयका प्राध्यापकहरु, गण्डकी मेडिकल कलेज सामुदायीक स्वास्थ्य बिभागका बिभागीय प्रमुख, साथमा जनस्वास्थ्य सेवाको बिभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीहरु, ला ग्राण्डी ईन्टरनेशनल कलेजबाट जनस्वास्थ्य बिषयका दिक्षीत भएका र दिक्षीत हुनेक्रममा रहेका बिद्यार्थी र पोखरा बिश्बबिद्यालयमा जनस्वास्थ्य बिषयमा स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थीको उल्लेख्य उपस्थिती रहेको थियो ।
फोटो 

करिब १२० जनाको सहभागितामा सम्पन्न उक्त साधारण सभा कार्यक्रममा संस्थाको बार्षीक प्रतिबेदन प्रस्तुत गर्दै नेफा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पौडेलले संस्थाले बर्ष भरि नै ब्यस्त हुने गरि कार्यक्रमहरु तय गरेको र बिभीन्न रचनात्मक कार्यक्रम मार्फत नब गठीत नेफालाई यस प्रदेशको सशक्त जनस्वास्थ्य सरोकारवाला संस्थाका रुपमा स्थापीत गर्न आफु र आफ्नो टिम अनब्रत रुपमा लागीरहेको बिषय उल्लेख गर्नुभयो । राजनैतिक आस्था भन्दा माथी उठेर पेशागत बिषयमा जनस्वास्थ्यकर्मीहरु आफ्नो पेशागत हक हितका साथै सपग्र जनताको स्वास्थ्य अबस्था माथी उठाउन बिशेषज्ञ स्तरको सेवा र सहयोगका लागी निरन्तर लागी पर्नुपर्ने बिषयमा जोड दिनुभयो । यसै गरि नेफा गण्डकी प्रदेशका कोषाध्यक्ष अन्जु अधिकारिले संस्थाको आर्थीक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। 
उक्त कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका सदस्यहरुका लागी संस्थाको ब्याज र सल्लाहाकार तथा संस्थाका कार्यसमिति सदस्यहरुका लागी नेफाको लोगो अंकीत डायरि मायाको चिनोका रुपमा बितरण गरिएको थियो । कार्यक्रममा बर्षभरिका गतिबिधीहरु र भाबि योजनामा रहेका कार्यक्रमहरुको सचित्र प्रस्तुती संस्थाका कार्यकारि सदस्य बिस्वास सुबेदीले गर्नु भएको थियो र तत् पश्चात  कार्यक्रममा प्रस्तुत बार्षीक प्रतिबेदन तथा आर्थीक प्रतिबेदनमाथीका जिज्ञासा र सुझबहरु राख्न खुला छलफल शुरु भएको थियो । 

खुला छलफलका क्रममा हरेक महिना जनस्वास्थ्य संघले पोखरा विश्वविधालयसंग सहकार्य गरेर Continuous public health education (CPHE) का सेसनहरु संचालन गर्नुपर्ने तथा भर्खर व्याचल वा मास्टर सकेका जनस्वास्थ्य सेवामा नवप्रवेशीलाई नेफाले आफ्ना गतिविधिहरुमा सहभागी गराउने तथा उनिहरुलाई आवश्यक पर्ने प्रोफेशनल स्किलका सभा, गोष्ठी, तालिमहरु संचालनमा ल्याउनुपर्ने कुरा जनस्वास्थ्यकर्मी सगुन पौडेलले राख्नुभएको थियो । साथै सह प्राध्यापक दिपेन्द्र कुमार यादब, बिष्णु सुबेदी, दिपक शर्मा, राजेश यादब, ध्रुब खत्री लगायतले जनस्वास्थ्य संघ गण्डकी प्रदेशका लागी भाबिश्यमा सम्पादन गर्न सकिने थप रचनात्मक कृयाकलापका लागी सुझाबहरु राख्नुभएको थियो । शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश आपुर्ती र स्वास्थ्य तालीम केन्द्रका निर्देशक श्री खिम ब खड्काले जनस्वास्थ्यकर्मी सबैले आफ्नो बिशेष सिप र दक्षताको अभिबृद्यी गर्दै नयां नयां सोच र कृयाकलापमार्फत बिकास बजारमा आफुलाई बिक्रीयोग्य जनशक्तीका रुपमा बिकास गर्नुपर्ने बिचार राख्नु भएको थियो ।संघिय संरचना र यसले माग गरेको जनशक्ती र कार्यसम्पादन दुबैलाई हेर्दा जनस्वास्थ्यका स्नातक तथा बिज्ञहरुको ठुलो खांचो रहेको र भबिश्यमा नेफा जस्ता पेशागत संघको समन्वय र सक्रीयतामा यस्तो जनशक्तीको मागलाई पुरा गर्न र दिक्षीत जनस्वास्थयकर्मीहरुलाई रोजगारमा स्थापीत गर्न पहल गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो । 
अन्त्यमा नेफा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पौडेलले कार्यक्रममा सहभागी प्रमुख अतिथि, बिश्बबिद्यालयका प्राज्ञीक, बिद्यार्थी तथा पेशाकर्मी सम्पुर्णमा बिशेष धन्यबाद दिदै सहभागीबाट आएका सुझाबलाई आत्मासाथ गर्दै आगामी बर्षलाई अझै उपलब्धिमुलक बनाउने प्रतिबद्यता सहित औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो । 
समापन पश्चात समेत संस्थाका सदस्यहरु, बिश्बबिद्यालयका प्राध्यापकहरु , पेशाकर्मी र बिद्यार्थी आदि बिच नेफा प्रदेश समितिको अब अगाडीको गन्तब्य र कार्यक्रमका बिषयमा समेत छलफल सम्पन्न भएको थियो । 
फोटो : फेसवुक 

फोटो : फेसवुक 

फोटो: फेसवुक

फोटो : फेसवुक 

फोटो : फेसवुक 

फोटो : फेसवुक 

फोटो : फेसवुक 

फोटो 

फोटो : फेसवुक