नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा 


सधैजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्समा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ । जनस्वास्थ्य पेशाकर्मिहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व विकास गर्ने उदेश्यले खोलिएको नेपाल जनस्वास्थ्य संघ विधानत २८ वर्ष पुरा पुगेको छ । २७ औ वसन्त पार गरिसकेको यो संस्थाले पेशागत विकासमा गरेका कामहरुको सुची वनाउने हो भने २७ वटा पुर्‍याउन निकै मुस्किल पर्छ । अन्तरास्ट्रीय स्तरसम्म आफ्नो प्रभाव पुर्‍याईसक्नुपर्ने अवधीमा नेपाल भित्रै खोलिएका अन्य कान्छा पेशागत संघ संस्थाहरुसंग समेत तुलना गर्न सकिने अवस्थामा जनस्वास्थ्य संघ पुगेको छैन । जनस्वास्थ्य संघ किन पछाडी छ, किन सोचे अनुरुप अगाडी वढ्न सकेन भन्ने विषयमा वहस र समिक्षा भविश्यले गर्नेछ। देशको वदलिदो परिस्थिती अनुसार अव विकासका हरेक क्षेत्रहरु अगाडी वढी रहेको अवस्थामा हाल निर्वाचित हुने नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिले जनस्वास्थ्य पेशा व्यवसाय तथा क्षेत्रमा परिवर्तन गर्नको लागि ठुलो जिम्मेवारी पाउदै छ। यसै विच अव हुन लागेको नयाँ कार्यसमितिको चुनाववाट निर्वाचित हुने कार्य समितिसँग एक जनस्वास्थ्यकर्मीको हैसियतवाट निम्न अपेक्षाहरु राखेको छु । 

१) Public health professional information system: हाल नेपालमा कति जनस्वास्थ्यकर्मिहरु छन, कस्तो कस्तो विषय विज्ञता हासिल गरेका जनस्वास्थ्यकर्मिहरु छन भन्ने कुराको स्पष्ट तथ्याङ नै उपलव्ध छैन । यसको लागि नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्यकर्मिहरुको विवरण अपडेट गर्नको लागि public health professional information system को सुरुवात गर्नुपर्छ । अनलाईन तथा मोवाइल एक्लिकेशनवाट स्वयम जनस्वास्थ्यकर्मिहरुले नै आफ्नो विवरण आफै भर्न सकिने र व्यक्तिगत जानकारीहरु वाहेक अन्य जानकारी सिस्टमवाट हेर्न सकिने गरेर एउटा नयाँ प्रणाली सुरु गर्नुपर्छ । यसले आवश्यकता अनुसार रोस्टर तयार गर्न, परिचालन गर्न तथा हाम्रो जनस्वास्थ्य क्षेत्रका उप-क्षेत्रहरु जस्तै: Nutrition, Economic, Epidemiology, health promotion & education आदी जस्ता विषयविज्ञहरुको उत्पादन तथा परिचालनको योजना वनाउन समेत सरकार, विश्वविधालय तथा अन्य सरोकारवालाहरुलाई प्राविधिक सहयोग गर्नेछ। 

२) Global public health market मा विश्वभर छरिएर रहेका नेपालका जनस्वास्थ्यकर्मिहरुको क्षमता तथा ज्ञानलाई नेपालको स्वास्थ्य क्षेत्रमा सदुपयोग गर्न सहजिकरण गर्ने उदेश्य सहित हरेक देशमा NEPHA Ambassador वनाई उनिहरुको ज्ञान सिप र क्षमतालाई आफ्नो देशमा भित्र्याउने प्रणालीको सुरुवाट गर्नुपर्दछ। Brain drain हुँदै गइरहेको सन्दर्भमा यो सुरुवातले देशको जनस्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्‍याउन सक्दछ । 

३) नेपाल भित्रै रहेर आफ्नो पेशा व्यवसायमा व्यस्त जनस्वास्थ्यकर्मीहरुलाई महिनामा एकदिन वा १५ दिनमा १ दिन आफ्नो पेशागत विकासका गतिविधिहरु अनिवार्य रुपमा परिचालन हुने, Contribution गर्ने अभियानहरु संचालन गर्नुपर्ने देखिन्छ। 

४) कलेजहरुको मापदण्ड निर्धारण, अनुमति, नयाँ विधाहरुको पढाई सुरुवात आदी लगायत सम्पुर्ण जनस्वास्थ्य शिक्षा तथा व्यवसायीहरुको पेशालाई थप राम्रो, प्रभावकारी वनाउन काम गर्ने सरकारी निकाय; जनस्वास्थ्य परिषद स्थापना गर्न पहल मात्र नभइ ठोस रुपमा स्थापना नै गर्न लागिपर्नुपर्दछ। 

५) जनस्वास्थ्यकर्मिहरुलाई अपडेट गराउन online e-learning system/courses, Continuous Public Health Education Program तथा public health update discussion forum/ meeting, Public health important day celebration नियमित संचालन गर्न सुरुवात गर्नुपर्दछ । 

६) संघियताको मोडेल अनुसार स्थानिय सरकार देखि संघसम्म जनस्वास्थ्य सिस्टम र क्षेत्रलाई थप प्रभावकारी, जनमुखी तथा नतिजामुखी वनाउन आवश्यक पर्ने संरचना तथा दरर्वन्दी के कस्तो चाहिने र कस्ता विज्ञता भएका जनस्वास्थ्यकर्मीहरु परिचालन गर्दा दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ भन्ने हिसावले सरकारलाई evidence based logic दिनको लागि NEPHA Technical expert परिचालन गर्न जनस्वास्थ्यका विभिन्न विधाहरुमा विज्ञ समुह गठन गर्ने र सरकारलाई प्राविधिक सहयोग गर्नुपर्दछ । 

७) संघ, प्रदेश र स्थानिय सरकारका विकास सम्वन्धी हरेक प्राविधिक समितिहरुमा स्वास्थ्यका कुराहरुलाई प्राविधिक सहजिकरण गर्न नेपाल जनस्वास्थ्य संघको प्रतिनिधी रहने व्यवस्था गर्न पहल गर्ने । 

८) हरेक वर्ष जनस्वास्थ्यकर्मिहरुको राष्ट्रीय तथा अन्तरास्ट्रीय भेला, सम्मेलन, सातै प्रदेशमा जनस्वास्थ्य सुचना केन्द्रहरु स्थापना गर्ने, पेशामा नवप्रवेशी जनस्वास्थ्यकर्मीहरुको capacity build up गर्न विभिन्न skill development हुने program, Trainings, orientation हरु नियमित आयोजना गर्ने। अरु देशका जनस्वास्थ्यका पेशागत संघहरु सँग MoU गरी Professional Exchange Program, Fellowship, Studentship, Scholarships हरु ल्याउने । एउट सामान्य उदाहरण दिन्छु अनौठो लाग्न सक्ला नेपाल सरकारवाट प्रदान हुने कर्मचारी सन्तति छात्रवृत्तिको कोटामा धेरै शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति पाइन्छ तर जनस्वास्थ्य विषयमा छात्रवृत्ति पाइदैन, अवसरको लागि हाम्रो वकालत त्यै देखि सुरु गर्नुछ। 

९) Monthly newsletters, plan, policy update memos, NEPHA Journal नियमित प्रकाशन गर्ने । 

१०) Fresh Graduate हरुलाई Experience का लागि कुनै निश्चित समयको लागि विभिन्न संघसंस्थामा Paid internship को व्यवस्था गर्ने, Public Health HR development का प्रोजेक्टहरु ल्याउने, Experience का लागि Volunteering गर्नुपर्ने वध्यता हटाउने। आदी 

माथी उल्लेख गरे जस्ता सामान्य गतिविधिहरु गर्नसके पनि जनस्वास्थ्य क्षेत्र र पेशागत विकासमा ठुलो प्रगति हुनेछ। जनस्वास्थ्य पेशा प्रतिको वढ्दो आकर्षणले गर्दा हाम्रो पेशा निकै मिक्समास हुँदै गैइरहेको छ, जनस्वास्थ्य पेशा दिन प्रतिदिन लोकप्रिय पेशाको रुप पनि विकास हुँदैछ हरेक स्वास्थ्यकर्मीको रोझाई जनस्वास्थ्य विशेषगरी मास्टर डिग्री चाँही पव्लिक हेल्थ मै गर्न पाए भनेर आकर्शित भैइरहेको अवस्थामा यो पेशालाई थप अनुशासित, मर्यादित, नतिजामुखी र हरेक व्यक्तिहरुले सहजै चिन्न सक्ने पेशाको रुपमा विकास गर्नुछ । हालसम्म जनस्वास्थ्य पेशा भनेको कमले मात्र बुझ्छन, जनस्तरसम्म जनस्वास्थ्यकर्मीहरुको माग वढाउन तथा utilization वढाउन, पेशा र यसको महत्त्व वुझाउने जिम्मेवारी जनस्वास्थ्य संघ कै हो। सामान्य बोलिचालिको भाषामा ‘‘जनस्वास्थ्यकर्मी’’ भनेर कसैले चिन्दैनन कि त हामिलाई ‘‘डाक्टर होउ’’ कि त ‘‘नर्स’’ भनेर चिनिने हाम्रो पेशालाई म जनस्वास्थ्यकर्मी हुँ भनेर समाजले स्वत चिन्न सक्ने पेशा वनाउने मुख्य भूमिका जनस्वास्थ्य संघले नै निर्वाह गर्नुपर्दछ। 

विभिन्न चुनावी प्रतिवद्दता लिएर चुनावमा होमिनु भएका उमेर्द्वारहरुलाई शुभकामना, अव हामिले नगरे कस्ले गर्ने ? यो समयमा नगरे कहिलेलाई पर्खने ? परिवर्तन हाम्रै पालामा सम्भव छ, चुनाव जितेर आउने कार्यसमितिलाई जनस्वास्थ्य पेशा र क्षेत्रमा आमुल परिवर्तन गर्न प्रेरणा मिलोस, सहकार्यको लागि म जस्ता हजारौ जनस्वास्थ्यकर्मीहरु तयार छन । जनस्वास्थ्यकर्मीहरु र जनस्वास्थ्य क्षेत्रको भलो होस । 

जय जनस्वास्थ्य । 

सगुन पौडेल 

जनस्वास्थ्यकर्मि 

हाल इण्डोनेसिया