स्वास्थ्य संरचना वारे सुझाव

स्वास्थ्य संरचना वारे सुझाव

स्वास्थ्य संरचना वारे सुझाव
स्थानिय तह वलियो नभएसम्म समग्र स्वास्थ्य क्षेत्रको विकास र जनताले पाउने सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। स्थानिय तह भित्रै गएर कसरी वलियो वनाउन सकिन्छ भनेर वहस गर्नुपर्ने वेला भएको छ । मेरा सुझावहरु निम्न रहेका छन; 
  • संवैधानिक व्यवस्था र कार्य विभाजन अनुरुप स्वास्थ्यको मोडेल तीन तह कार्यान्वयन गरिनुपर्ने । 
  • मन्त्री परिषदको मिति २०७४ वैशाख २१ गतेको निर्णय अनुरुप नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ लाई केहि परिमार्जन सहित अगाडि वढियो बह्ने स्वास्थ्य व्यवस्थापन र सेवा प्रवाहलाई थप सवल, प्रभावकारी र जनमुखी वनाउन सकिन्छ । 
  • हामी आजसम्म जिल्ला स्वास्थ्यको कन्सेप्ट वाहेक अन्य प्रणालीको कल्पना गर्न सकिरहेका छैनौ सर्वप्रथम यो ह्याङवाट टाढा रहेर सोचौ, जिल्ला भन्दा तल्लो तहमा झरेर संरचना वनाउने र हालसम्म गरिएको जिल्ला स्वास्थ्य प्राक्टिसलाई पालिका स्वास्थ्यमा समयको माग अनुसार रुपान्तरण गरेर नयाँ प्राक्टिस गरौ। 
  • हरेक गाँउपालिकाहरुमा गाँउपालिका स्वास्थ्य प्रणाली (Rural Municipality Health System), हरेक महा/उप/नगर/पालिका स्वास्थ्य प्रणालीहरु (Municipality Health System) स्थापना गरेर विगत भन्दा विकेन्द्रीकृत स्वास्थ्य प्रणाली स्थापना गर्नुपर्ने। 
  • जनतावाट विगत भन्दा पनि टाढाको दुरीमा(१/२/३ जिल्ला हेर्ने) रहेर स्थापना गरिएका स्वास्थ्य कार्यालयहरुवाट सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। हाम्रो प्राथमिकतामा ७५३ मा वलियो उपस्थिती सुनिश्चित गरौ अनि मात्र वाकी कार्यलयहरु (प्रदेश स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य ) को परिकल्पना गरौ । 
  • प्रदेश तथा स्थानिय तह भित्र स्वास्थ्य हाम्रो संरचना वलियो नहुँदा स्वास्थ्य सेवा भित्र रहेका ठूला–ठूला दरवन्दीहरु पनि निश्चित रुपमा केद्रीकृत हुन्छन् विषय विज्ञहरु केन्द्रीकृत हुन्छन, स्थानिय स्तर फेरी केन्द्र कै मुख ताक्ने खालको हुन्छ जस्ले गर्दा स्वास्थ योजना, सेवालाई Bottom up Planning मा कार्यन्वयन गर्न असहज हुन्छ, Locally evidence generate गरेर योजना वनाउन सक्दैनन। 
  • स्वास्थ्य मन्त्रालयमा केहि महत्वपुर्ण महाशाखा थप गरेर विभाग खारेज गर्दिने, विभागमा राखिएका कामहरु गर्ने अधिकार सातै प्रदेशका निर्देशनालयहरुमा दिने, प्रदेश निर्देशनालयलाई केहि ठुलो आकारको वनाउने (हालको विभागलाई आधार मानेर १ प्रदेशलाई मात्र चाहिने दरवन्दि) राख्ने, ३५ स्वास्थ्य कार्यालय खारेज गरेर सिधै पालिका स्वास्थ्य प्रणालि भनेर गठन गर्ने र कार्यालय खोल्ने, पालिका एकद्वारे सेवा प्रणाली अनुसार वनाउने हो भने पनि स्वास्थ्यको निर्णय गर्ने अधिकार सहितको विभाग/महाशाखा/शाखा राख्न्ने, पालिका भन्दा तलको सवै यथावत छ
  • प्रदेशमा १२ औ तहको नेतृत्व + १०/११ औ तहको ५-६ जनाको नेतृत्वमा महाशाखाहरु, 
  • मनपा/उप ११/१०औ तहको नेतृत्व, नगरपालिकामा १०/९ औ तह र गाउपालिका ७/८ औ तह। 
  • स्थानिय पालिकामा कम्तिमा पनि ५ जना अधिकृत स्तरको हुनैपर्ने, जनसंख्या अनुसार थप गर्ने । सकिन्छ भने पालिका अन्तर्गत रहेर पुर्ण रुपमा फिल्ड मै मात्र काम गर्ने, खाध स्वास्थ्य, सरसफाई, पोषण लगायत स्वास्थ्यका अरु Crosscutting Issues हरुमा वडा कार्यालयहरु, PHC, HP, Health Promotion Center, CHU, UHC, PHC-ORC, Immunization Clinic लाई सधै फिल्ड मै प्राविधिक सहयोग गरिरहने, फिल्ड हेल्थ इस्पेक्टरहरु पनि राखौ। 

४० वर्ष अधि भएको Alma Ata Declaration on PHC को मर्म अनुसार खोलिएका स्वास्थ्य संस्थावाट अव people-centered health services सुनिश्चित गर्न कसरी सकिन्छ भनेर हाम्रो स्वास्थ्य निति र प्रणालीलाई अपडेट गर्न पाए हाम्रो स्वास्थ्य सेवा थप प्रभावकारी जनतामुखी हुने थियो । 

धन्यवाद । 

२०७५ मंसिर ०८ शनिवार
(स्वास्थ्य संरचना वारे नेपाल जन स्वास्थ्य संघ लाई राय दिइएको )



भर्खरै पोष्ट गरिएको 


यो पनि पढ्नुहोस: